रञ्जन अधिकारी, पोखरा । मनिपाल अस्पतालमा कार्यरत डाक्टर विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा चार वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ । पोखरा २८ माझठाना घर भएका ४ वर्ष २ महिना उमेरका बालक संस्कार कँडेलको मनिपाल अस्प्ताल पार्किङ एरियामा डा. तिमिल्सिनाले चलाएको कारको ठक्करबाट ज्यान गएको हो ।
बालक आफ्ना बुबाआमासँग विहान ८ बजे पोखरा रानीपौवाबाट मनिपाल अस्पतालमा उपचाररत आफ्नी हजुरआमा भेट्न अस्पताल पुगेका थिए । बुबाको मोटरसाइकलबाट झरेपछि साइड लागेका बालकलाई डाक्टर तिमिल्सिनाले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा जनाए ।
आज विहान साढे ८ बजे घटना भएको र ५ मिनेटपछि ईमर्जेन्सी कक्षमा लगिएको जनाउँदै बालकका आफन्तले पौने १० बजे मात्र बालकको मृत्यु भएको अस्पतालबाट जानकारी आएको बताएका छन् । आफन्तले भने बालकको ‘अन द स्पट डेथ’ भएको उल्लेख गरेका छन् । प्रहरीहरु अहिले अनुसन्धानमा रहेकाले घटनाबारे पछिमात्रै सञ्चारमाध्यमलाई जानकारी दिने बताएको छ ।
आफन्त भन्छन्ः एक हातमा मोबाइल, अर्को हातमा स्टेयरिङ
मृतक बालकका आफन्तले डाक्टर विश्वदीपको चरम लापरबाही रहेको आरोप लगाएका छन् । डाक्टर एक हातले मोबाइलमा गफ गर्दै एक हातले स्टेयरिङ समातेर गाडी हुईंक्याएको आफन्तको जिकिर छ । उनीहरुले डाक्टरलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।
हस्पिटलमा आफन्त र प्रहरीबीच तनाव
बालकका आफन्तले डाक्टर विश्वदीप तिमिल्सिनालाई अस्पतालमै झिकाएर घटनाबारे उनकै मुखबाट सुन्न चाहेको बताएका छन् । तर, डाक्टर तिमिल्सिना र ठक्कर दिने कारलाई भने प्रहरीले कास्की प्रहरी चौकी लगिसकेको छ ।
अहिले अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने जनाएका छन् । प्रहरीले आफन्तलाई अस्पतालमा रोकेको छ । आफन्तहरु भने प्रहरीसँग रुष्ट बनेका छन् । अपराधी डाक्टरकै पक्षमा लागेर उनको मात्र सुरक्षा दिएको आफन्तहरुको प्रहरीमाथि आरोप छ । माहौल नियन्त्रणबाहिर जान नदिन कास्की प्रहरी अधिकारीहरु आफै अस्पतालमा खटिएका छन् ।
घटनाबारे थप विवरण प्रस्तुत गर्दै जानेछौं ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो