धादिङ – गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ । दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीकाे उपचारका लागि काठमाण्डाै लैजाँदै गर्दा बाटाेमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।
प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएकाे थियाे।
दुुर्घटनामा घाइते भएकाहरुकाे नामावली:
१. धादिङ, गल्छी गाउँपालिका-४ का ६२ वर्षीय बिष्णु अधिकारी
२. धादिङ, गल्छी गाउँपालिका-४ की ३५ वर्षीया सुनिता मिजार
३. धादिङ, गल्छी गाउँपालिका-४ की २३ वर्षीया सुजिता अधिकारी
४. धादिङ, गल्छी गाउँपालिका-४ का १५ वर्षीय सन्तोष रम्तेल
५. धादिङ, गल्छी गाउँपालिका-४ का ७० वर्षीय कृष्ण सार्की
६. धादिङ, गल्छी गाउँपालिका-४ की २८ वर्षीया रेनु भण्डारी
७. धादिङ, गल्छी गाउँपालिका-४ का ३५ वर्षीय राम कृष्ण प्याकुरेल
८. धादिङ, गल्छी गाउँपालिका-४ की २६ वर्षीया शुष्मा लामा
९. नाम, ठेगाना नखुलेका २ पुरुष
सम्बन्धित खबर
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
धादिङको उत्कृष्ट विद्यालय भिमोदयको ४७ औं वार्षिकोत्सव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु