‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं । त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा शुक्रबार मोबाइल निकाले अनि उक्त फेसबुकमा पोस्ट सांसदहरूलाई पढेर सुनाए ।
जसमा राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना दिवंगत पति मदन भण्डारीको फोटोमा श्रद्धाञ्जली व्यक्त गरिरहेकी छिन् । विकास समितिमा छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक माथि छलफल गर्न पुगेका मन्त्री बाँस्कोटाले उक्त फेसबुकमा पोस्ट सांसदहरुलाई पढेर सुनाए लगत्तै प्रश्न गरे, ‘हाम्रो सभ्यता र स्वतन्त्रता यही हो ?’
बाँस्कोटाले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था यस्ता विषयमा आकर्षित हुने बताए । प्रतिनिधि सभामा हाल विचाराधिन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधानहरू राखेको छ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुबै सजायको प्रावधान छ। सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदहरूले यो प्रावधानसहित कानुन बनाउनु पर्ने पक्षमा छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु