मेयर द्वारिकलालकाे सुन्नै नसकिने भाषण, महिलाहरु भन्छन्- ‘शिर ठाडो पाररे हिड्न गाह्रो भयाे’

मेयर द्वारिकलालकाे सुन्नै नसकिने भाषण, महिलाहरु भन्छन्- ‘शिर ठाडो पाररे हिड्न गाह्रो भयाे’

meyar

इटहरी । पत्रकारकाे नाकको डाँडी भाँच्नका लागि १ करोड रुपैयाँ छुट्याएकाे अभिव्यक्ति दिएर विवादित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी पुन: विवादमा तानिएका छन् । यही असार ४ गते बुधबार सामाजिक विकृति विरुद्धको कार्यक्रममा चौधरीले प्रयोग गरेको शब्दले पुन: विवादमा तानिएका हुन् ।

इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले एक विज्ञप्ति नै जारी गरी सम्पूर्ण महिलाको शीर ठाडो नहुने अवस्था सिर्जना भएको बताएको छ। सञ्जालकी अध्यक्ष विमला ढकाल सहित २२ जना महिलाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा मेयरले प्रयोग गरेको उक्त भाषाप्रति आपत्ति जनाइएको छ। साथै मेयरको उक्त अभिव्यक्तिले महिलाको अस्मितामा नै आँच आएको भन्दै विरोध जनाइएको छ।

इटहरीमा बढ्दो वेश्यावृत्ति रोक्नका लागि मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए। उनले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र… जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले छतिमा हात राखेर भनेका थिए – ‘मनराेञ्जन गर्न र…डी नै चाहिन्छ, घरभाडामा लगाउन र…डी नै चाहिन्छ, औषधी चलाउन र…डी चहिन्छ, र…डी जिन्दावाद ।’

मेयरकाे उक्त अभिव्यतिपछि महिला सञ्जालले विज्ञप्ति जारी गरी अब कोही पनि चुप लागेर बस्न नमिल्ने जनाएकाे छ । यस्ता शब्दले महिलाहरुलाई शिर ठाडो पाररे हिड्नसमेत गाह्रो भएको महिला सञ्जालको ठहर छ । इटहरी उपमहानगरपालिकाले गरेको सम्पूर्ण सामाजिक विकासका कार्यक्रम अभियानमा सहकार्य गर्ने समेत महिला सञ्जालले जनाएको छ । सामाजिक सञ्जालमा पनि मेयर चाैधरीकाे सर्वत्र आलोचना भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ