पोखरा । आज अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१४को डिसेम्बर ११ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस वा विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार पाँचौ योग दिवस नेपाल समेत विश्वका विभिन्न भागमा मनाइँदैछ ।
पोखरामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि २१ जुन २०१९ का दिन अर्थात (आज) असार ६ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइने भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पाचौ अन्तर्राष्ट्रिय योग दिवस पोखरा महानगरपालिका वडा नं ६ स्थित पोखरा कोमागाने मैत्री पार्क भित्र केदारेश्वर मन्दिर प्राङ्गणमा डा.योगी विकासानन्दको प्रमुख प्रशिक्षणमा विभिन्न योग अभ्यासका साथ मनाउने भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहनेछ । योग सम्बन्धि जनचेतना जगाउदै स्वास्थ्य समाज निर्माण गर्ने हेतुले योग फर हार्मोनी एण्ड पिस भन्ने मूल नाराका साथ योग दिवस मनाउन लागिएको हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो