काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा १६ दिनसम्म हिरासतमा बसेका विशाल चौधरीले प्रहरीविरुद्ध उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिन गए पनि प्रहरीले अहिले लिन मानेको छैन । हिरासतमा हुँदा आफूलाई यातना दिएको उनको उजुरीमा उल्लेख छ। उनले त्यसबेलाका कञ्चनपुका डिएसपी कृष्ण ओझा र सालघारीका असई रामसिंह धामीविरुद्ध उजुरी लेखेका छन् ।
चौधरी र उनको परिवारले यातना दिएर अपराध स्वीकार गर्न लगाएको दाबी गरेका छन् । कञ्चनपुरमा पक्राउ परेका उनलाई अनुसन्धान र डिएनए परीक्षणका लागि भन्दै काठमाडौं ल्याइएको थियो । चौधरीसँगै प्रदीप रावल पनि पक्राउ परेका थिए। उनीहरुको बयान लिन आइजिपी सर्वेन्द्र खनाल आफैं सिआइबी पुगेका थिए ।
हिरासतबाट छुटेपछि उनीहरुले मेरा अगाडि ढुंगो पनि बोल्छ, मैले हत्या गरेको हुँ भन, नत्र मार्छुु भन्दै यातना दिएको त्यसबेलै बताएका थिए । चौधरी २०७५ पुस ६ गते छुटेका थिए । निर्मला प्रकरणमै यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै उजुरी परेका केही प्रहरी अधिकारी अझै निलम्बनमा छन् । nepallive
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम