ढिलाेगरी भित्रियाे मनसुन : गण्डकी प्रदेशमा यो वर्ष औसतभन्दा बढी पानी पर्ने

ढिलाेगरी भित्रियाे मनसुन : गण्डकी प्रदेशमा यो वर्ष औसतभन्दा बढी पानी पर्ने

rain

file photo

काठमाडाैँ । नेपालमा यस वर्षकाे मनसुन भित्रिएकाे छ । गत वर्षकाे तुलनामा यसपटक ११ दिन ढिलाेगरी मनसुन सुरु भएको हाे ।  पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने गरिएको छैन । मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको माैसमविद्हरूकाे भनाइ छ ।

गत वर्ष जेठ २५ मै नेपालमा मनसुन सुरु भएको थियो । मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ । गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको हो । यो वर्ष मनसुन अवधिमा प्रदेश १, २, ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने यो वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । बिहीबार सबैजसो भागको मौसम आंशिकदेखि सामान्य बदली भई पूर्वी भेगका अधिकांस स्थान र मध्य तथा पश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds