गोरखाको फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो !

गोरखाको फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो !

tree

गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ मा दक्षिण एसियाकै ठुलो अनुमान गरिएको समीको रुख रहेको छ । यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यही रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने यहाँका स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लगि पर्न थालेका छन् ।

फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखे पछि अचम्ममा पर्ने गरेको स्थानिय पर्यटन व्यावसायि गोविन्द पन्त बताउछन् । अहिले रुख हेर्नकै लागि मानिसहरु त्यहाँ पुग्न थालेको उनको भनाई छ । यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् ।

हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानिय पर्यटन व्यावसायिहरुले पहल समेत सुरु गरेका छन् । अहिले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण आरोहण संघ (एनएमए) को आर्थिक सहयोग र स्थानियहरुको जनश्रमदानमा रुखको वरिपरि काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरिएको छ । पर्यटन व्यवसायी गोविन्द पन्तको सक्रियतामानै सो काम सम्पन्न भएको स्थानियहरुको भनाई छ । दक्षिण एसियाकै ठूलो रुख हो भनेर आधिकारिक रुपमा प्रमाणित गर्न जिल्ला वन कार्यलय गोरखा मार्फत पहल थालिएको पनि पन्तले लेकबेशी खबरलाई बताए ।

करिब ३०० वर्ष पुरानो अनुमान गरिएको यो रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । सो मन्दिरका पुजारी ललहरी पन्त रुखमा अलौकिक शक्ति रहेको बताउछन् । उनका अनुसार रुखमा जो सुकै मानिस चढे पनि लड्ने भएकाले, कोही पनि नचढ्ने गरेको बताउछन् । रुखमा सर्प जस्ता लगायत अन्य अनौठा आकृति देखिने भएकाले पनि यस प्रति सबैको चासो बढ्न थालेको स्थानिय अर्जुन अमांगाईले बताए ।

सडक संजालसंग जोडिएको सो ठाऊँ काठमाण्डौबाट भौगोलिक रुपमा करिब १०० किलोमिटरको दुरीमा रहेको छ । पर्यटकीय दृष्ट्रिकोणबाट पनि अतिनै सुन्दर ठाऊँ भएकाले र समिको रुख पनि एक पटक हेर्नै पर्ने खालको रहेकाले त्यहाँका बासिन्दाहरु सबैलाई घुम्न आउन निमन्त्रणा समेत गर्दछन् । यस्ता प्रकृतिक सम्पदाहरुको प्रचार प्रसारमा स्थानिय निकार्यहरुले पनि पहल गर्नु पर्ने आवश्यक देखिन्छ । lekbesikhabar.com

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds