किरण श्रेष्ठ, तनहुँ । महाभारत, १८ पुराण र श्रीमद् भागवतका रचयीता महर्षि वेदव्यास अर्थात श्रीकृष्ण द्वैपायनको १०८ फिट अग्लो मुर्ति निर्माण गरिने भएको छ । व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको आयोजनामा मंगलबार दमौलीमा प्रस्तावित व्यास मुर्तिको संरचना डिजाईन तथा अन्य विशेषज्ञ सेवा सम्बन्धि संक्षिप्त विवरण प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।
व्यास क्षेत्र शिव पाञ्चायान मन्दिर विकास कोषको सक्रियतामा व्यास गुफा नजिकै महर्षि वेदव्यासको पूर्णकदको मुर्ति स्थापना गर्न लागिएको हो ।

व्यासको १०८ फिटको मुर्ति बनाउँन ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ लाग्ने र उक्त मुर्ति निर्माण कार्य ४ वर्षमा सम्पन्न हुने अर्थक्येक सेफ्टी सोलुसन कम्पनिका प्रमुख कार्यकारी निर्देशक देव कुमार महर्जनले बताए । १ वर्षमा ७ करोड रुपैयाँको लागत छुट्टाएर ४ वर्षमा पुरा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ । निर्माण सुरु भएको डेढ वर्षमा मुर्तिको पाउँ सम्मको भाग निर्माण सकिने महर्जनले जानकारी दिए ।
व्यास गुफा र पवित्र मादिसेती नदीको दोभान क्षेत्रलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्ने गुरु आयोजना अन्र्तगत व्यास गुफा परिसरमा वेदव्यासको पूर्णकदको मुर्ती निर्माण गर्न लागिएको हो ।

व्यासले वेदलाई चार भागमा विभाजित गरेकै कारण उनलाई वेदव्यास भनिएको हो । हिन्दु धर्ममा श्रीमद् भागवत महापुराणको कुशल पण्डित मानिएका सुकतिर्थ महर्षी बेदव्यासका छोरा हुन् । दैनिक हजारौ पर्यटकले भारतमा रहेको सुकतिर्थ धामको दर्शन गर्ने गरेपनि प्रचारप्रसारको अभावमा वेदव्यासको जन्मभुमी व्यासक्षेत्र दमौली भने ओझेलमा परेको काशीनाथ न्यौपानेले बताए ।
व्यासको मुर्तिको डिजाइन टुंगियो
एक दशक अगाडीदेखि चर्चा चलेको महर्षि वेदव्यासको मुर्ति निर्माण कार्यलाई अगाडि बढाउने तयारी गरिएको छ । मुर्ति निर्माण गर्ने भनि महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिएको थियो । मंगलबार आयोजित कार्यक्रममा व्यासको १०८ फिटको मुर्तिको डिजाइन समेत टुंगिएको छ ।
प्राविधिकहरुले व्यास क्षेत्रमा जमिनको बनोट, त्यहाँ रहेको महत्वपूर्ण वस्तुहरु कसरी जोगाउने, महत्व हेरेर फाल्नुपर्ने संरचना फाल्ने लगायतका काम गरेर अन्तिम रुप दिएको कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताए ।
व्यास क्षेत्रमा पुराना पुरातात्विक महत्व बोकेका कलात्मक शिला, व्यास गुफा, विभिन्न मन्दिर लगायत संरक्षण गनुपर्ने सम्पदाको संरक्षण कसरी गर्ने त्यसकोसमेत सर्भे गरिएको छ ।
व्यासको मुर्ति भित्र फलामे हड्डी र बाहिर तामाबाट निर्माण हुने अर्थक्येक सेफ्टी सोलुसन कम्पनिका प्रमुख कार्यकारी निर्देशक देव कुमार महर्जनले बताए । ३० देखि ३५ हजार किलो तामा उक्त मुर्ति निर्माण गर्न आवश्यक पर्ने महर्जनले बताए ।
उक्त मुर्ति निर्माणको लागि ६० रोपनी ६ आना ३ पैसा क्षेत्रफल आवश्यक पर्ने महर्जनले बताए । मुर्ति निर्माणका लागि विश्वको विभिन्न देशमा निर्माण भएका अग्ला-अग्ला मुर्तिहरुको बारेमा अध्ययन गरिएको उनले बताए ।
उक्त क्षेत्रमा वृतचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैचाको साथ विश्राम घर,तलाउ सहितको मत्स्यगंघा पार्क,क्याफेटरिया [चमेना गृह], पुजारी घर, साना २७ वटा व्यासका मुर्तिहरु लगाएत हुनेछ ।

सबै रकम एकपटक नआउने हुदाँ क्रमै संग काम अगाडि बढाउनु पर्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । मुर्ति निर्माण स्थलको बारेमा पहिले विवाद रहेको तर अहिले सो विवाद मिलिसकेको न्यौपानेले बताए ।
व्यासको मूर्तिको स्वरुपको विषयमा पछि प्रश्न उठ्न सक्ने भएको हुदाँ व्यासको बारेमा जाने बुझेका विद्वानहरु संग छलफल गर्नुपर्ने उनले बताए ।
उक्त कार्यक्रमको गण्डकी प्रदेशका सांसद सरिता गुरुङ, सांसद दोबाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेकपा केन्द्रिय सदस्य पिएल श्रेष्ठ, एक बहादुर राना, लगाएत व्यास क्षेत्र शिव पाञ्चायान मन्दिर विकास कोषका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते