गुठी विधेयकविरुद्व काठमाडौंमा उर्लियो मानवसागर, प्रधानमन्त्री र सरकारविरुद्ध आक्रामक नाराबाजी

गुठी विधेयकविरुद्व काठमाडौंमा उर्लियो मानवसागर, प्रधानमन्त्री र सरकारविरुद्ध आक्रामक नाराबाजी

guthi_bidheyak_protest_4

काठमाडौं–सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् ।

शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।
– रातोपाटी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds