टिपरको ठक्करबाट उदयपुरमा दुई जनाको मृत्यु

टिपरको ठक्करबाट उदयपुरमा दुई जनाको मृत्यु

Accident_Beltar_

प्रतिकात्मक चित्र

उदयपुर :  उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका  ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए। बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो ।

‘एकै दिशातिर गईरहेको टिपरले अत्याधिक रुपमा सडक चाप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको पौडेलको भनाइ छ।  प्रहरी नियन्त्रणमा रहेको ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको भएको पुष्टी भएको छ। टिपरका चालक र सह चालक फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds