तनहुँका कृषकलाई बोयर बोका वितरण

तनहुँका कृषकलाई बोयर बोका वितरण

boer

कृषकलाई बोका वितरण भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका व्यावसायिक बाख्रापालक कृषकलाई बोका वितरण गरेको छ ।

व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका कृषकलाई बाख्रा उत्पादनका लागि सहयोग पुर्याउने उद्देश्यले बोयर क्रस जातको नौ बोका अनुदानमा वितरण गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सहकारी र समूहलाई एक/एक बोका वितरण गरिएको छ भने सात बाख्रापालक कृषकलाई बोका वितरण गरिएको छ ।

उनका अनुसार बोका वितरणका लागि कार्यालयले सूचना प्रकाशित गरेको थियो । “अनुदानमा बोका वितरणका लागि प्रस्ताव आह्वान गरेका थियौं, प्रस्ताव हाल्ने कृषकलाई बोका वितरण गरेका हौँ”, श्रेष्ठले भने ।रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds