बारा : वास्तविक हावाहुरी पीडितले आफूहरुको नाम घर निर्माणको सूचीमा नपरेको भन्दै आन्दोलन गरिरहेका बेला सुवर्ण गाउँपालिकाका केही जनप्रतिनिधिले भने आफ्ना घरपरिवारको नाम घर निर्माणको सूचीमा राखेको पाइएको छ।
सुवर्ण गाउँपालिका–४, हर्दियाका वडा सदस्य जटाशंकर प्रसाद यादव र दलित महिला सदस्य मन्तुरनी देवी रामले हावाहुरीले घरमा पूर्ण क्षति नपुर्याएका आफन्तको नाम घर निर्माणको सूचीमा पारेका हुन् । वडा सदस्य यादवले आफ्ना बुवा बासुदेव प्रसाद यादव,दाइ बिन्देश्वरी प्रसाद यादव, भाईहरु बद्री प्रसाद यादव र रामबाबु प्रसाद यादवको नाम घर निर्माणको सूचीमा पारेको स्थानीयवासीको आरोप छ ।
वडा सदस्य मन्तुरनी देवी रामले आफ्ना दुई छोराको पनि घर निर्माण गराई सकेकी छिन् । वडा नम्बर(४ का वडाध्यक्ष दोलेन्द्र प्रसाद यादवले केही गैर पीडितको घर निर्माण भएको स्वीकार गर्दै त्यसको दोषी जिल्ला प्रशासन कार्यालय भएको आरोप लगाए ।
सुवर्ण गाउँपालिका वडा नम्बर-४ मा पक्की घर भएकाहरुले पनि भनसुनको आधारमा घर निर्माणको सूचीमा आफ्नो नाम समावेश गराएका छन् । स्थानीयका अनुसार बहिदार प्रसाद यादव र रुपनारायण प्रसाद यादवको पक्की घर भएको, घरमा क्षति नभएको तर घर निर्माणको सूचीमा नाम समावेश गरिएको छ।
सूचीमा परेका वडा सदस्य यादवका घरका चार सदस्यमध्ये दुई जनाको घर निर्माणसमेत भइसकेको छ। प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले स्थानीय तहको सिफारिसलाई आधार मानेर घर निर्माण भइरहेको बताए ।ujyaaloonline
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु