‘पोखरा क्रिकेट रंगशाला बनाउन २ करोड छुट्याइनु स्वागतयोग्य’

‘पोखरा क्रिकेट रंगशाला बनाउन २ करोड छुट्याइनु स्वागतयोग्य’

Pokhara_Cricket_Ground

file photo

पोखरा । पोखरा क्रिकेट रंगशालाको स्तराेन्नतिका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट छुट्याइएकोमा खेलप्रेमीहरुले स्वागत गरेका छन् ।

गण्डकी प्रदेश सरकार र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङलाई धन्यवाद दिँदै क्वीन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा गण्डकी प्रदेश सरकारले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तर उन्नतिका लागि रु २ करोड विनियोजन गरेकोमा गण्डकी प्रदेश सरकार, माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यु र माननीय अर्थमन्त्री ज्युलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पोखरा क्रिकेट मैदानका लागि २ करोड विनियोजन गरेको हो । २०७५ मा पीपीएलको पहिलो संस्करण त्यही मैदानमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ वटा टिमले सहभागीता जनाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ