पोखरा। ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषदसगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो ।
रोपाई सबैका लागि भन्ने नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवसका दिन रोपाई महोत्सवको आयोजना गरेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए । पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको पुरीले जानकारी दिए ।
महोत्सवमा स्वदेशी र विदेशी पर्यटकको सहभागीता जनाउने बताए । उनले कृषि पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे । कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता उनले जानकारी दिए ।
पामे स्थानीय माछा खानाका लागि प्रख्यात ठाउँ हो । पोखराको हल्लनचोक देखि पामे ७ किलोमिटर दुरीमा पर्दछ । सोही सडकमा ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना सडक दौड प्रतियोगिता समेत हुने उनले बताए ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो