चौतर्फी दबावपछि सरकारले फिर्ता लियो गुठी विधेयक

चौतर्फी दबावपछि सरकारले फिर्ता लियो गुठी विधेयक

pressmeetmantriaryal4

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।

मन्त्री अर्याललेसरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको प्रस्ट पारिन्। विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्ने र शान्तिपूर्ण वातावरण खलबल्याउने परिस्थिति सिर्जना गरिएको भन्दै मन्त्री अर्यालले असन्तुष्टि पोखिन्।

संघीय संसद्‌मा दर्ता भएको गुठी विधेयक विरोधमा उपत्यकासहितमुलुकभर आन्दोलन चर्किएपछि सरकार पछि हट्न बाध्य भएको हो ।

विज्ञप्ति

स्रोत : कान्तिपुर दैनिक

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds