तनहुँ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै नेपाल पत्रकार महासङ्घ तनहुँले मङ्गलबार दमौलीमा हस्ताक्षर सङ्कलन गरेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आह्वान गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत तनहुँ शाखाले हस्ताक्षर सङ्कलन गरेको हो । मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै पत्रकार महासङ्घ चरणबद्ध आन्दोलनमा छ ।
दमौलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियानमा महासङ्घका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले, प्रकाशचन्द्र भट्टराई, डम्बर अधिकारी, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता कृष्णहरि वाग्ले, यज्ञ बहादुर राना लगायत सर्वसाधारणले ऐक्यबद्धता जनाएका थिए ।
सङ्कलित हस्ताक्षर असार ६ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई बुझाइने शाखाका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए ।
आह्वान गरेको आन्दोलन अन्तर्गत जिल्लामा असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्र्वाचित सङ्घीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार ३० गते सिटी जुलुस र सभा गर्ने निर्णय गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते