स्याङ्जा जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ ।
गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन । महीनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनले बताइन । अनमी शर्माले भनिन, “१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरुसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।” श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाहरु बढी आउने गरेको शर्माको भनाइ छ ।
जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त सरापको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरु कहाँ आउने गर्दा रगत कमि लगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो