पोखरा । आन्तरिक राजश्व बृुुद्धि गर्ने लक्ष्यका साथ अघि बढेको गण्डकी प्रदेश सरकारले ५ प्रतिशत सवारी कर बढाउने भएको छ । प्रदेश सरकारले यस अघि कायम गरेको बस्तु तथा सेवाको कर यथावत नै राखेपनि यातायात करमा ५ प्रतिशत बृद्धि गरेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशमा सञ्चालन भईरहेको मध्य करिब ७५ प्रतिशत सवारी साधनहरु अन्य प्रदेशमा दर्ता हुने गरेको बताउँदै मन्त्री गुरुङले अबदेखि गण्डकीबाटै दर्ता भई सञ्चालन गर्न चाहानेहरुका लागि २५ प्रतिशत छुट दिने बताए ।
‘२०७६ चैत्र मसान्तसम्म अन्य प्रदेशमा दर्ता भई सवारी सञ्चालन गरेका सवारी धनीले यस प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता स्थानान्तरण गर्न आएमा लाग्ने दर्ता शुल्क तथा सवारी करमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ’ उनले भने, ‘भन्सार बिन्दुबाट आयात गर्दाकै बखत प्रदेशस्थित यातायात कार्यालयमा दर्ता हुन आएका सवारी धनीलाई समेत लाग्ने सवारी कर तथा दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । प्रदेशको घाटा बजेटलाई समेत समेट्न हामीले ५ अर्ब आन्तरिक राजश्वबाट पुर्ति गर्न सक्छौं । हाम्रो अधिकार क्षेत्र भित्र यातायात पर्छ जसबाट सबै भन्दा धेरै राजश्व संकलन हुने हामीले अपेक्षा गरेकाछौं ।’
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो