गुठी विद्येयक विरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन्

गुठी विद्येयक विरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन्

Bijay Lama

सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो ।
निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो । तर,  पाइलट लामाले आफ्नो फेसबुकमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेकै कारण भ्रमण टोलीबाट  हटाइयो  । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds