हमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीले भारतीय सवारीलाई चेकजाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन्। यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ।
गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको छ। यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ।
गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबेगर भारतीय सवारी नरोक्न निर्देशन दिइएको छ। गृहको पत्रमा तेस्रो देशबाट नेपाल भित्रिने ठूला मालवाहक ट्रक र कन्टेनरबारे केही पनि उल्लेख गरिएको छैन।
.jpg)
सडकमा ट्राफिक प्रहरी तथा प्रहरीले चेकजाँच गर्दा उद्योगहरूमा जाने कच्चापदार्थका ठूला साधनहरूलाई अवरोध पुगेको गृहको पत्रमा उल्लेख छ। र, यस्तो बाधा व्यवधान नगर्न अनुरोध गरिएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु