तनहुँको घिरिङ्गमा एभोकाडाेको व्यावसायिक खेती सम्बन्धि अन्तरक्रिया

तनहुँको घिरिङ्गमा एभोकाडाेको व्यावसायिक खेती सम्बन्धि अन्तरक्रिया

Avocado

तनहुँ । घिरिङ्ग गाउपालिका ३ पोखरीछापमा एभोकाडाेको व्यावसायिक खेति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । गण्डकी प्रदेशका एभोकाडाे व्यवसायी समितिका अध्यक्ष पुष्कर विकको अध्यक्षता उक्त कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले किसानलाई वातावरण मिल्दोजुल्दो खेतिको प्रकार र व्यावसायिकता लाई विशेष जोड दिई हरेक नागरिकलाइ कृषिमा आत्मनिर्भर हुनको लागि परम्परागत खेती भन्दाआधुनिक खेति तफ अग्रसर हुनुपर्ने बताए ।

व्यावसायिक एभोकाडाे खेतिको लागि गाउपालिका बाट १ लाख बजेट विनियोजन गरिएको रानाले बताए ।

घिरिङ्ग गाउँपालिकाकाकी उपाध्यक्ष सरस्वती सिग्देलले भु-बनावटको हिसाबले घिरिङ्ग सुन्दर भएको र पर्यटन, कृषि, पशु पालनको सम्भाबना घिरिङ्गमा भएको बताइन ।

त्यस्तै समाजसेवी सेतिमाया बि.कले स्वागत मन्तब्य राख्दै नेपालका गाउँहरु खाली भैराखेको अवस्थामा कृषि क्षेत्रमा लगानी एवं एभोकाडाे खेतिको बहुउपयोगिताको बारेमा बताउदै सुन्दर गित प्रस्तुत गरेकी थिइन ।

उक्त कार्यक्रमको प्रशिक्षक सुमन थापा र ईश्वर बास्तोलाले एभोकाडाे फलको बहुउपयोगिता र बजारिकरणको सन्दर्भमा बताएका थिए । सो कार्यक्रमको अन्त्यमा गण्डकी प्रदेश व्यावसायि समितिको र घिरिङ्ग गापाको सहकार्यमा स्थानीय कृषक लाई अनुदानमा बिरुवा उपलब्ध गराइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ