गण्डकी प्रदेशले गोरखाको लिगलिगकोटमा संग्रहालय बनाउने

गण्डकी प्रदेशले गोरखाको लिगलिगकोटमा संग्रहालय बनाउने

ligligkot

गण्डकी सरकारले गोरखाको ऐतिहासिक लिगगिलकोटमा गुरूयोजनाको आधारमा ऐतिहासिक सङग्रहालय स्थापना गर्ने भएको छ । यसका लागि १ करोड व्यवस्था भएको छ ।

गण्डकी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको मान, सम्मान र गौरव उच्च पार्ने तथा विशिष्ट योगदान दिने प्रदेशभित्रका उत्कृष्ट व्यक्ति एवं संस्थालाई सम्मानसहित पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । सरकारले पुरातात्विक महत्वका मन्दिर‚ गुम्बा, मस्जिद र चर्चको मर्मत सम्भार गर्न पनि बजेट दिने जनाएको ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न १ करोड छुट्याएका छन् । बहुसांस्कृतिक ग्राम निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्न १ करोड बजेट छ । मन्त्री गुरुङले आइतबार प्रदेशसभामा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds