काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्नतिर लागेको बताएका छन्। सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने भन्दै अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सोको विरोधमा उत्रिन आग्रह गरे ।
सरकारले दुई तिहाइको बलमा सो विधेयकलाई जबरजस्ती पास गरेमा सरकारकै ‘अरिङ्गाल’बाहेक कोही पनि सुरक्षित नरहने जिकिर गर्दै सांसद थापाले भने, ‘यो विधेयक संसद्बाट पारित हुनु भनेको संविधानको खिलाप मात्र होइन, हाम्रो आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो ।’ उनले सो विधेयकको विरोधमा बोल्न, लेख्न तथा दबाव सृजना गर्न सबैलाई आग्रह समेत गरे ।
आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सरकारले विरोधाभाषी कानुन ल्याउन लागेको आरोप लगाए । उनले भने, ‘विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । यो जिस्क्याउने, झुक्याउने, होच्याउने भन्नुको परिभाषा के हो ? यस्ता अस्पष्ट शब्द राखेर यो विधेयक आयो भने कोही पनि सुरक्षित छैन, अरिंगालहरूबाहेक ।’
उनले आफूलाई मन नपर्दा जोसुकैको पनि मुख थुन्न सक्ने गरी सरकारले कानून बनाउन लागेको उनको आरोप लगाए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु