लमजुङ — बिहानै, दिउँसै जाँडरक्सी खाने र काम नगर्ने । साँझ र राति घरमा झैंझगडा हुने । रक्सी सेवन गरेका पुरुषबाट आजित भएपछि अशान्ति फैलिएको भन्दै बेंसीसहर नगरपालिका–६ सारिङका महिलाले जाँडरक्सी खाने र बेच्नेलाई कारबाहीको निर्णय गरेका छन् ।
‘जाँडरक्सी खाने र बिक्रीवितरणले गाउँमा अशान्ति भयो । झगडा भयो । हिंसात्मक घटना बढे । त्यसैले यसको नियन्त्रण अभियानमा छौं,’ स्थानीय मीना राउतले भनिन्, ‘कसैगरी सम्झाएर नहुने, उल्टै झगडा गर्न आउने । एकले सम्झाएर भएन भनी गाउँ समाजका महिला सबै लागेका छौं ।’
राउतगाउँ, बोहरागाउँ, छघर, फाँटगाउँ, कटरबोट, कान्ले, भण्डारीगाउँ, कुर्पुन, खत्रीगाउँ, कोल्मराङ, रादल टोललगायतका महिलाले जाँडरक्सी नियन्त्रणका लागि समिति नै बनाएर अभियान चलाएका छन् । क्षितिज आमा समूह गठन गरी जाँडरक्सी नियन्त्रण अभियान सञ्चालन गरेको अध्यक्ष पार्वती बोहराले बताइन् ।
उनीहरूले गाउँमा मदिरा बनाउन, बिक्रीवितरण र सेवन गर्न रोक लगाएका हुन् । यस्तै, सहररबजारबाट जुनसुकै किसिमको मदिरा ल्याउन र प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । मदिरा सेवन गर्ने र बिक्री गर्नेलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना तोकिएको छ ।
अटेर गरी दोस्रोपटक बिक्रीवितरण र सेवन गरेमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।तेस्रोपटक पनि अटेरी गरे कानुनी कारबाहीका लागि प्रहरीमा बुझाइने अध्यक्ष बोहराले बताइन् ।kantipurdaily
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो