काठमाडौं । सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पुर्खौली घरलाई धर्मसाला बनाउने भएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका रिडी स्थित आफ्नो पुर्खौली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि भएका हुन् ।
गुल्मी पुगेर उनले घरलाई धर्मशाला बनाउन शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्य निर्माण कमिटी गठन गरेका छन् । पुरानो संरचनामा बनेको २ तले घरलाई नयाँ डिजाइनमा धर्मशाला बनाउने बताउँदै स्वर्गीय पिताकै चाहना अनुसार धर्मशाला बनाउने निर्णय गरेको बताए ।
बिहिवारदेखिनै काम सुरु गरी भुकम्प प्रतिरोधी धर्मशाल निर्माणका लागि असारको दोस्रो साता नै शिलान्या गर्ने महानिरिक्षक खनालले बताए । बसाइ अन्त सरेपछि पुर्खौली घरमा धेरै वर्ष देखि खनाल परिवार बस्न छोडेका थिए ।
गत वर्षको १३ असोजमै सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने घोषणा गरेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु