श्यामशितल परियार, लमजुङ : लमजुङका किसानहरुले सरकारी अनुदान बाँड्दा वास्तविक किसानलाई दिनुपर्ने बताएका छन् । कतिपय अवस्थामा सरकारी अनुदान पहुँच भएकाले पाउने तर वास्तविक किसानले नपाएको अवस्था रहेको उनीहरुले बताएका छन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडद्धारा सुन्दरबजारमा आयोजित स्थानीय सरकार (नगरपालिका) र किसानबीच भएको अन्तरक्रियामा स्थानीय किसानले यस्तो बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै सुन्दरबजार नगरपालिका ७ पाउँदीका व्यावसायिक गाईपालक किसान दिनेश पोखरेलले असल किसानलाई सरकारी अनुदान दिनुपर्ने बताउनुभयो । ‘किसानको पहचिान गरी वास्तविक किसानलाई सरकारी अनुदान दिनु आवश्यक छ,’ उनले भने ।
माछापालक किसान शैलेन्द्र पौडेलले आफुले व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दा पनि अनुदान पाउन नसकेको गुनासो गरे । ‘धेरै पहिलेदेखी कृषि कर्ममा छु । सुरुमा कुखुरा पाले । कुखुराबाट राम्रो आम्दानी हुन सकेन । लगानी डुब्यो । अहिले माछापालन व्यवसाय सुरु गरेको छु,’ उनले भने, ‘तर अनुदान पाउन सकेको छैन ।’
आफुले झण्डै २ रोपनी जग्गामा ३ वटा माछा पोखरी बनाई माछा पालेको र २ वटा टनेलमा तरकारी उत्पादन गरिरहेको उनले भने । किसान रघुनाथ भट्टराईले वास्तविक किसानले अनुदान पाउन नसक्नुका साथै वित्तिय संस्थाले पनि खासै ऋण नदिएको बताए ।
‘ऋण पाइदैँन । मेहनतले कृषि उतपादन गर्यो, उचित मूल्य पाइदैँन,’ उनले भने, ‘अनि कसरी गर्नु कृषि ?’
व्यवासाियक माछापालक किसान श्रीकृष्ण घिमिरेले आफुले विधिवत् रुपमा कृषि फर्म दर्ता गरी व्यवसाय अघि बढाएको बताए ।
‘फर्म दर्ता गरी आवश्यक तालिम लिएर कृषि कर्ममा लागेको छु,’ उनले भने, ‘सम्वन्धित निकायबाट सहयोग मिलिरहेकै छ ।’ सुन्दरबजार ६ ऐशेलुचौरका चन्द्रबहादुर तामाङले युवालाई व्यवसायिक कृषि कर्ममा आकर्षित गर्न स्थानीय सरकार लाग्नुपर्ने बताए । ‘कृषिमा युवाको आकर्षण बढाउन स्थानीय सरकारले ठोस योजना बनाई लगानी बढाउनु आवश्यक छ,’ उनले भने ।
धानको बीउ उत्पादक किसान खुशीराम मिश्र, रघुनाथ भट्टराई, राजु पोखरेल, ऋषिराम पोखरेल, पार्वती पौडेल, रुद्रहरि ढकाल लगायतले बोल्दै किसान मर्कामा परेको र विचौलिया मोटाउने गरेको बताएका छन् ।
उनीहरुको स्थानीय सरकारलाई सुझाव छ, ‘स्थानीय सरकारले किसानको समस्या हलका लागि पहलकदमी लिनुपर्छ । अनुगमनको पाटोलाई अगाडि बढाउनु आवश्यक छ ।’
सहभागी किसानको जिज्ञासा, गुनासा सुनेपश्चात् सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले कृषकको समस्या समाधानका लागि स्थानीयले सरकारले पहल कदमी लिने प्रतिवद्धता व्यक्त गरेका छन् । कृषि तथा पशुपालनमा कृषकको आकर्षण बढाउन लगानी पनि बढाईने उनले भने ।
खाद्यान्नमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ आफुहरु लागिपरेको बताउँदै मेयर मिश्रले भने, ‘समृद्धिको आधार नै कृषि हो । कृषिमैत्री वजेट निर्माण गर्नुपर्छ भन्ने बुझेको छु ।’ सहकारीका अध्यक्ष सुकमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका विभिन्न विषयगत कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो