काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुन लागेको नुवाकोटको एक कार्यक्रम सोही जिल्लाका नेताहरुले बहिस्कार गर्ने भएका छन् । नुवाकोटमा आज आयोजना हुन लागेको क्षेत्रीय सम्मेलनलाई पूर्व अर्थमन्त्री डा रामशरण महत र अर्का नेता अर्जुननरसिंह केसीले बहिस्कार गर्ने भएका हुन्।
नुवाकोटका दुवै क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन गर्न लागेका हुन्। संस्थापन पक्षका नेताहरुको इच्छा अनुरुप आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरुलाई अवमूल्यन गरिएकाले डा महत र केसी सहभागी नहुने बताइएको छ ।
लिखु गाउँपालिका ४ मा हुने कार्यक्रममा सभापति देउवासहित उपसभापति विजय गच्छदार र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने बताइएको छ। क्षेत्रीय सभापति अर्जुनप्रसाद न्यौपानेले कार्यकर्ता भेला र आमसभा आयोजना गरिएको बताए ।
तर, निमन्त्रणापत्रमा क्षेत्रीय सम्मेलन उल्लेख गरिएको छ। साथै, दुवै क्षेत्रको संयुक्त सम्मेलन एकै स्थानमा हुन सक्ने/नसक्ने अवस्थालाई पार्टीका धारले फरकफरक व्याख्या गरेका छन्। निमन्त्रणापत्रमा पार्टीको विधान अनुसार क्षेत्रीय सम्मेलन गर्न लागिएको उल्लेख गरिएको छ। तर, संस्थापन इतरका एक नेताले दुई क्षेत्रको संयुक्त रुपमा सम्मेलन हुनै नसक्ने दाबी गरे।
कार्यक्रमको प्रारुप तयार गरिसकेपछि अन्तिम समयमा निमन्त्रणा गरिएको जनाउँदै दुवै नेता नजाने भएका हुन्। जिल्लामा प्रचारित पोस्टरमा अतिथिका रुपमा महत र केसीको नाम उल्लेख गरिएको छैन।

सहमहामन्त्री डा प्रकाशशरण महतको अग्रसरतामा बनेको कार्यक्रमको ढाँचाले जिल्लामा गुटको राजनीति झनै बढ्ने नुवाकोटका एक जिल्ला नेताले बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु