बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ विघा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिने भएका हुन् ।
जनयुद्ध प्रतिष्ठान नेपालले बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न कालखण्डमा भएका जनयुद्धलाई समेटेर सग्राहालय, शैक्षिक गतविधि, स्वास्थ्य सम्बन्धि गतिविधि, पार्क तथा अन्य रोजगार मुलक कार्यक्रम गर्ने भनि पत्र पठाएपछि मेयर सुवेदीले आफ्नै जग्गा दिने घोषणा गरेका हुन ।
बेलवारी नगरकार्यपालिकाको ३० जेष्ठमा बसेको बैठकम जग्गा दिने निर्णय भएको हो । कार्यापालिकाको बैठकले मेयर सुवेदीले गरेको काम प्रशंसायोग्य रहेको बताए । उक्त जग्गाको मुल्य हाल ८ करोड पर्न जान्छ ।
‘हामी समृद्ध बेलबारीको योजना अगाडि बढाइरहका छौ,’ मेयर सुवेदीले भने ‘त्यसको लागि जग्गा दिएको हुँ ।’ समृद्धिको सपना देख्नेले अरुबाट भन्दा आफुबाट त्यसको थालनी गर्नुपर्ने बताउँदै उनले विकास निर्माणको लागि आफु हरदम तयार रहेको बताए ।
जग्गा प्राप्त भएपछि यस आर्थिक वर्षमै डिपिआर तयार गरी कामको थालनी गर्ने जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष सावित्री कुमार काफ्लेले बताए । सघीय, प्रदेश तथा स्थानीय तहसँग छलफल भइरहेको छ अध्यक्ष काफ्लेले भने ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु