पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ क्वार्टरमा सरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सहिदचोकमा प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको नयाँ क्वार्टरमा शुक्रबार बिहान मुख्यमन्त्री गुरुङ पूजाआजा गरेर प्रवेश गरेका हुन् ।
शुक्रबार बिहान गण्डकी प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु तथा मुख्यमन्त्रीका आफन्तहरु प्रजिअको आवास प्रयोजनका लागि भनेर निर्माण गरिएको तर प्रयोगमा नआएको क्वाटरमा पुगे । अनि मुख्यमन्त्री गुरुङले पण्डितले निकालेको उचित साइत अनुसार पूजाआजा गरे, क्वाटरको मुख्य ढोकामा नरिवल फुटाए अनि नयाँ क्वार्टरमा प्रवेश गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा निर्वाचित भएपछि पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउस, राष्ट्र बैंक गेस्टहाउस, पार्दीस्थित महानगरको गेस्ट हाउसमा बस्दै आएका गुरुङ आजदेखि नयाँ क्वार्टरमा सरेका हुन् । प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रदेश सरकारको आफ्नै भवन नहुँदा मन्त्री तथा प्रदेश प्रमुखहरु अन्य कार्यालयको भवनमा बस्दै आएका छन् ।

सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो