श्यामशितल परियार, लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिकाभित्र रहेका पाँच ठूला खानेपानी आयोजनाका खानेपानीको नमूना परिक्षण गरिने भएको छ । खानेपानी आयोजनाले उपभोक्तालाई वितरण गरिरहेको पानीमा ‘कोलीफर्म’ छ÷छैन भन्नेबारे जानकारी लिन खानेपानीको नमूना परिक्षण गरिने भएको हो ।
सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाभित्र पर्ने सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको भाँगु खानेपानी आयोजना, वडा नं २ परेवाडाँडामा रहेको दारेगौँडा खानेपानी आयोजना, वडा नं ६ र ७ का नागरिकले उपयोग गर्दै आएको सुन्दरबजार खानेपानी आयोजना र वडा नं ६, खत्रीठाँटीमा रहेको ढोडेसिंह खानेपानी आयोजनाबाट वितरण भइरहेको खानेपानीको नमूना परिक्षण गरिने सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक निर्मल अधिकारीले जानकारी दिए ।
यस कार्यक्रमका लागि सुन्दरबजार नगरपालिका, स्वास्थ्य शाखालाई नेपाल सरकारबाट ५० हजार रुपैयाँ प्राप्त भएको छ । अधिकारीका अनुसार धेरै उपभोक्ताले पिउँदै आएको यी ठूला पाँच खानेपानीका आयोजनाका मुहान र ट्यांकीबाट वितरण भएको पहिलो धाराको पानी संकलन गरी परिक्षणका लागि स्वास्थ्य कार्यालय लमजुङमा पठाइनेछ ।
‘ल्यावमा पानी परिक्षण भएपछि प्राप्त रिपोर्ट सम्वन्धित खानेपानी आयोजनामा पठाइनेछ । पानीमा ‘कोलीफर्म’ लगायतका ‘ब्याक्टेरिया’ देखिए, यसको निराकरणका लागि खानेपानी आयोजनाले पहल गर्नेछन्,’ उनले भने, ‘शनिबार–आइतबारसम्म पानी सकंलन गरी स्वास्थ्य कार्यालय पठाउनेछौँ । एक दुई–हप्ताभित्र रिपोर्ट आउन सक्छ ।’
विभिन्न ‘ब्याक्टेरिया’ भएको पानी पिएमा विभिन्न रोगहरु लाग्न सक्ने शाखाका हेल्थ असिस्टेण्ट उमाकान्त न्यौपानेले बताए । उपभोक्ताले उमालेर, छानेर, सोडिस प्रविधि अपनाएर, क्लोरिनेसन गरेर पानी शुद्धीकरण गरि पिउन सक्नेछन् ।
खानेपानी आयोजनाको मुहान सफा राख्नुका साथै मापदण्ड पुर्याइ पानी प्रशोधन गरी खानेपानी आयोजनाले उपभोक्तालाई सफा ट्यांकीबाट पानी वितरण गर्नु आवश्यक रहेको पनि उनले बताए । उपभोक्ताले पनि धारा, पानी राख्ने भाँडो र पानी पिउने भाँडा सफा राख्नुपर्छ ।
सुन्दरबजार नगरपालिकामा हाल भाँगु खानेपानी आयोजना, दारेगौँडा खानेपानी आयोजना, सुन्दरबजार खानेपानी आयोजना र भोटेओडार–तार्दी खोला खानेपानी आयोजनाले प्रशोधिन पानी वितरण गर्दै आएका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो