स्याङ्जामा १४ सय लिटर बढी घरेलु मदिरा नष्ट

स्याङ्जामा १४ सय लिटर बढी घरेलु मदिरा नष्ट

syangja-madira-1024×588

स्याङ्जा : जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा १४ सय लिटर बढी अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।

बिहीबार विशेष जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट संयुक्तरूपमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका–१३, भीरकोट नगरपालिका १ र ६ का विभिन्न स्थानमा घरेलु मदिरा एवं मदिरा बनाउने कच्चा पदार्थसमेत बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

दुई सय ५० लिटर तयारी र एक हजार २१० लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ