पास्नीको भोज खाँदा ३० जना भन्दा बढि बिरामी

पास्नीको भोज खाँदा ३० जना भन्दा बढि बिरामी

bhooj

धादिङ : नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा हिजो पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी बिरामी परेका छन् ।

स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने पखाला लाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो ।

उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने आशङ्का गरेको छ ।रासस 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds