पोखराको फुस्रेखोला ट्रस्टपुल निर्माणमा ढिलाइ, स्थानीयलाई सास्ती

पोखराको फुस्रेखोला ट्रस्टपुल निर्माणमा ढिलाइ, स्थानीयलाई सास्ती

pul-1

पोखरा  :  पोखरा १७ र २१ जोड्ने फुस्रेखोला ट्रस्टपुल फलामे सामान उपलब्ध नहुँदा निर्माणमा ढिलाइ भएको   छ ।  पोखरा महानगर र एसडब्लुएपी नेपालको सहयोगमा निर्माणाधीन उक्त ट्रस्ट पुलको उपभोक्ता समितिले गर्ने काम सकिए पनि फलामका सामग्री उपलब्ध नहुँदा रोकिएको हो ।

गत वैशाख १९ गते औपचारिक सुरुआत भए पनि वास्तविक काम गत चैत २४ बाट भएको थियो । ३२ मिटर लम्बाइको फुस्रेखोला ट्रस्ट पुल निर्माणमा करिब २५ लाख १७ हजार २ सय ६७ लागत अनुमान गरिएको उक्त पुलका काम अहिले ठप्प छ ।

खोलाको बहाब दिनप्रति दिन बढिरहेकाले पोखरा २१ मा अवस्थित युवाज्योति आधारभूत विद्यालयमा पढ्न जाने विद्यार्थी स्कुल जानबाट बञ्चित हुने अवस्था आएका छ । सोही क्षेत्र आसपासमा ३ सय ६३ घरधुरी छन् । त्यहाँका स्थानीयलाई खानेपानीको अभावका साथै आवतजावतमा समेत कठिनाइ भएको स्थानीयले गुनासो गरेका    छन् ।

पोखरा महानगर तथा जिल्ला समन्वय समितिको प्राविधिक शाखाबाट फलामा उपलब्ध गराउन भएको ढिलाइको असर पुलमा देखिएको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए ।  आयोजनाको निर्माण कार्यअवधि आगामी असार १४ गते सकिँदै छ । तर कामले निरन्तरता नपाउँदा आयोजना समयमा सम्पन्न हुनेमा शंका पैदा भएको छ ।

‘जेठ २६ गते बिहान स्कुल जाने बेला १ विद्यार्थीलाई खोलाले बगाएकोमा सकुशल उद्धार गरियो तर यस्ता घटनाहरु दिनहुँ जसो नै हुने गरेका छन्, यो चिन्ताको विषय हो,’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले भने ।

पुल निर्माण सम्पन्न गर्ने समय नजिकिँदै गर्दा जिल्ला समन्वय समितिको प्राविधिक शाखाले फलाम निर्माणमा केही ढिलाइ हुने भन्दै केही दिनमा सामान उपलब्ध गराउने आश्वासनमात्र दिएको निर्माण समिति सचिव देवबहादुर विकले बताए ।

वडाले समन्वयमात्र गरेको हुँदा उपलब्ध हुने बजेट, उपकरण लगायतका सेवासुविधा महानगर र जिल्ला समन्वय समितिले गर्ने उनको भनाइ थियोे । पोखरा महानगरबाट प्राविधिक संस्थाको रुपमा नौलो घुम्ती नेपाल संस्थालाई छनोट गरिएको थियो । जुन संस्थाले पुलको निर्माण कार्य अनुगमन गर्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ