एक लाख घुससहित गाउँपालिकाका इञ्जिनियर पक्राउ

एक लाख घुससहित गाउँपालिकाका इञ्जिनियर पक्राउ

ghus

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई आज रू एक लाख घुससहित पक्राउ गरेको छ ।राजविराज नगरपालिका–६ स्थित उनको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको रू एक लाखसहित पक्राउ गरिएको  आयोगले जनाएको छ ।

आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको नेतृत्वमा आएको टोलीले आज राजविराज नगरपालिका–६ स्थित उहाँको डेरामा छापा मार्दा  रु एक लाख घुस लिएको रकम फेला पारेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले बताए ।

बोदे बसाइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्ण खोलाको झोलुङ्गे पुल निर्माण कार्यको पेश्की फछ्र्यौटका लागि मूल्याङ्कन गर्ने क्रममा रु एक लाख घुस लिएको आयोगको जिकिर छ । स्वर्ण खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजीव रायले बिहानै श्रेष्ठको डेरामा रु एक लाख बुझाएका थिए ।

पहिलो किस्तावापत पेश्की लिएको रु आठ लाख बराबरको काम सम्पन्न नभएको भन्दै मूल्याङ्कन हुन नसक्दा उपभोक्ता समितिले दोस्रो किस्ता वापतको पेश्की रकम उठाउन पाएको थिएन । तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको रकमबाट  विसं २०७० देखि नै थालिएको पुल निर्माण मूल्याङ्कन नहुँदा अधुरै छ । पक्राउ परेका श्रेष्ठले स्वर्ण खोलाको काम बोदे बसाइन नगरपालिकाअन्तर्गत परेकाले आफूले मूल्याङ्कन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मूल्याङ्कन गरी दिन दबाब दिँदै आएको थियो । रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ