लमजुङका किसानले अलैंचीका दानाबाट कमाए ५ करोड २५ लाख

लमजुङका किसानले अलैंचीका दानाबाट कमाए ५ करोड २५ लाख

alaichi lamjung

लमजुङ-लमजुङका कृषकहरुले यस वर्ष अलैंचीका दाना बिक्री गरेर ५ करोडभन्दा बढी आम्दानी गरेका छन् । गत वर्ष लमजुङका किसानले अलैंचीका दानाबाट ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ७७ लाख बढी ५ लाख २५ हजार रुपैयाँ आम्दानी भएको छ ।

गत वर्ष ६ सय क्विन्टल अलैंची आम्दानी भएकोमा यस वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष प्रतिकिलो ६०० देखि ८०० रुपैयाँसम्म बिक्री अलैंची यस वर्ष भने प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा बिक्री भएको महासंघ जिल्ला शाखाले जनाएको छ ।

लमजुङका किसानले कुनै बेला प्रतिकिलो २ हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए । तर, अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन नसकेको गुनासो किसानले गरिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds