काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र गुजरातमा भोलि (बिहीबार) चक्रवात ‘वायु’ आउने पूर्वानुमानले आतंक मच्चिएको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘‘चक्रवात वायु नै नेपाल आइपुग्ने सम्भावना छैन । तर, वर्षा भने हुन सक्छ । त्यसको असरले आउने जलवाष्प र वर्षा अपरान्हतिर हुन सक्छ ।’’
आज बिहान भारतको उत्तराखण्ड हुँदै आएको पश्चिमा वायु भने फरक भएको मौसमविद् नगरकोटीले बताइन् । सो वायुको असर आज बिहान नेपालको सुदूरपश्चिम क्षेत्रमा देखिएको थियो ।
सीएनएनका अनुसार आगामी २४ घण्टाभित्रै आउने चक्रवात वायुबाट भारतको गुजरातमा करिब ६० लाख मानिस प्रभावित हुने भारतीय अधिकारीहरुले बताएका छन् । करिब ३ लाख मानिसलाई विभिन्न ७ सयवटा सेल्टरमा सार्न लागिएको भारतको गृह मन्त्रालयका प्रवक्ताले बुधबार बताएका छन् । प्रभावित क्षेत्रका विद्यालय र कलेजहरु शुक्रबारसम्मका लागि बन्द गरिएका छन् ।
१२० किमी प्रतिघण्टाको दरले आउने अनुमान गरिएको यो वायु विगत एक दशककै उत्तर पश्चिम भारतमा आएको सबैभन्दा ठूलो धक्का हुने जनाइएको छ । उत्तरपूर्वी भागमा एक महिनाअघि फानी आँधीले आतंक मच्चाएको थियो । बुधबार चक्रवात वायु मुम्बईको २०० किमी पश्चिममा आइपुगेको बताइएको छ । उक्त चक्रवात भोलि विहीबार गुजरातमा पुग्नेछ । ३९ जनाको नेशनल डिजास्टर रेस्पोन्स फोर्स टिमलाई सम्भावित प्रभावित क्षेत्रमा पठाइएको छ । सेनाको ३४ टोली पनि तैनाथ राखिएको जनाइएको छ ।
सो चक्रवात वायु सोमबार बनेको र मंगलबार शक्तिशाली भएको हो । सो वायु अरेबिया समुन्द्रबाट आएको हो । भारतको गुजरातमा गएको २० वर्ष यता यसखालको शक्तिशाली वायु नआएको जनाइएको छ । मछुवारहरुलाई भोलि काममा नजान भारतमा निर्देशन दिइएको छ ।
वायुका अतिरिक्त २०० मिलिमिटर क्षेत्रमा वर्षा पनि हुन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् ।सो क्षेत्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह क्षेत्र पनि हो । भारतका गृहमन्त्रीले भोलिको अवस्थाको आकलन गर्न विशेष बैठक समेत डाकेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते