नयाँ दिल्ली । उत्तर प्रदेशको शामली जिल्लामा पटरी भन्दा उतरमा रहेको मालगाडीको समाचार संकलन गर्न गएका एक पत्रकारलाई कुटपिट गरेको आरोपमा जीआरपी एसएचओ राकेश कुमार र कन्स्टेबल सञ्जय पवारलाई निलम्बन गरिएको छ । यूपीको डीजीपी ओपी सिंहले आरोपी पुलिसकर्मीहरु विरुद्ध अझ कठोर कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रहरी सूत्रका अनुसार उनीहरुमाथि थप छानविन गरेर दोषी पाइएमा उनीहरुलाई बर्खास्त सम्म गर्ने तयारी भइरहेको छ । पुलिसकर्मीहरुमाथि आरोप छ कि उनीहरुले पत्रकार अमित शर्माका साथ अमानवीय व्यवहार गरेका थिए । भारतीय सञ्चारमाध्यममा पत्रकार शर्माको मुखमा प्रहरीले पिसाब फेरेको समेत आरोप लागेको छ । यस भन्दा पहिले बुधवार विहान पत्रकारहरुले आरोपी अधिकारीहरु विरुद्ध प्रदर्शन समेत गरेका थिए ।
पिडित पत्रकार अमित शर्माले उनीविरुद्ध पहिले प्रहरीले कुटपिट गरे र त्यसपछि हिरासतमा लिएका थिए । हिरासतमा उनलाई नाङ्गो गराएर उनको मुखमा पिसाव समेत गरेका थिए । शर्माका अनुसार ती प्रहरीहरु बर्दीमै थिए । उनीहरुले घटनास्थलमा गाली गलौज र कुटपिट गरी उनको माइक समेत तोडफोड गरेका थिए। उनीमाथि गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पत्रकारले आरोप लगाएका छन् कि उनीसँग क्यामेरा खोस्न लाग्दा क्यामेरा भुईंमा खस्यो । त्यो क्यामेरा टिप्नको लागि निहुरिएको बेलामा एक प्रहरीले पिट्न सुरु गरे । उनी विरुद्ध भद्दा गाली समेत गरिएको छ । मिडियाकर्मीले यो पनि आरोप लगाएका छन् कि प्रहरीहरुले करीब २०० मीटरसम्म उनलाई पिट्दै लगे र उनलाई लकअपमा बन्द गराए। सोही बन्द लकअपमा उनको मुखमा पिसाव समेत गराईयो । पत्रकार शर्माले रेलवेको एक समाचार लेखेको आधारमा उनी विरुद्ध प्रहरीहरु आक्रोशित थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते