तनहुँ । प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँको आँबुखैरेनी गाउँपालिकामा सुरु भएको छ ।
आँबुखैरेनी गाउँपालिकाको आयोजनामा सबैको लागि रोजगार, संवैधानिक अधिकार भन्ने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम आँबुखैरेनी गाउँपालिका वडा नं. २ तिलवारीमा मंगलबार देखी सुरु भएको हो ।
मंगलबार १० जनालाई काममा लगाएर उक्त कार्यक्रमको उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले दैनिक जसो विदेशिने दाजु भाईलाई आफ्नै देशमा घर परिवारसँग सँगै बसी आफ्नै गाउँ ठाउँको सेवा गर्न समृद्ध बनाउन तर्फ लाग्नुपर्ने बताए ।
कम्तीमा १०० दिन रोजगार दिने समेत उनले जानकारी दिए । निवेदन पेश गर्नुपर्ने व्यक्तिहरुले अझै निवेदन पेश नगरेको कुरा समेत उनलेे बताएक ।
गाउँपालिकामा १२ सय जनाले रोजगारका लागि निवेदन पेश गरेका थिए ।
उक्त कार्यक्रमका लागि संघीय सरकारबाट १२ लाख र गाउँपालिकाबाट ५ लाख गरी १७ लाख रकम विनियोजन गरिएको अध्यक्ष थापाले बताए ।
यदी यस्ता कामको माग भएमा आगामी आ.व.मा समेत आवश्यक बजेटको विनियोजन गरिने थापाले बताए ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको जानकारी प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले गरेका थिए।
कार्यक्रमको जानकारी गराउँदै निवेदन पेश गरेको व्यक्तिहरुले सडक, नाला, विद्यालय भवन मर्मत, वृक्षारोपण, सरसफाई, विभिन्न पार्कहरु तथा विकास निर्माणका कामहरु गर्नुपर्ने पौडेलले बताए ।
विदेशमा गएर भन्दा स्वदेशमा नै बसी काम गर्न सहज र सरल हुने हुँदा यही रोजगारमा लाग्न समेत अनुरोध गरे ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते