पोखरा । पोखरेलीहरुको घरको धारोमा अझै पनि धमिलो पानी आउँछ । यहाँका बासिन्दाका लागि यो नौलो कुरा पनि होइन । तर अबको तीन वर्ष भित्र भने यो समस्या हट्ने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरिने भएपछि यो समस्या हट्ने भएको हो ।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा मर्दीको पानीलाई पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु भएको छ। यो योजनाका लागि नेपाललाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिएको छ । यो परियोजनाको मंगलबार खानेपानी मन्त्री विना मगर र नेपालका लागि जापानी राजदुत मासामिची साइगोसङले संयुक्त रुपमा शिलन्यास गरेका छन् ।

जापानले दिएको कूल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि बोलपत्र आह्वान गरिएको थियोे। त्यसमा हाजमा कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेपछि ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा परियोजना निर्माणको जिम्मा पाएको छ।
यो मेलम्चीपछि खानेपानीको क्षेत्रमा सुरु हुन लागेको दोस्रो ठूलो आयोजना हो। त्यस्तै काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन्। पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ। पोखराको फूलबारी, पर्स्याङ र कोलपाटनमा रिजर्भ्वायर ट्यांकी निर्माण गरिने छ। यस्तै १ सय १३ किलोमिटर लामो पाइपलाइन बिस्तार पनि परियोजनामा समेटिएको छ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु