एजेन्सी : उत्तर कोरियाका मृत्युदण्ड दिइने स्थानहरु पत्ता लागेको दक्षिण कोरियाको एक गैर सरकारी संस्था ‘द ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुप’ले जनाएको छ । ग्रुपको अध्ययन अनुसार त्यहाँ ३ सय १८ स्थानमा सामुहिक मृत्युदण्ड दिइन्छ ।
यस ग्रुपले चार वर्षको अवधिमा उत्तर कोरियाको शासनविरुद्ध मत राख्ने ६ सय १० जना सँगको अन्तर्वार्ताको आधारमा अध्ययन तयार पारेर प्रतिवेदन सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक अध्ययनका अनुसार गाइ चोर्नेदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा मानिसहरुलाई मृत्युदण्ड दिइएको छ ।
खोला, बजार, विद्यालयत, खेल मैदानजस्ता स्थानमा सामुहिक मृत्युदण्ड दिएको जनाइएको छ । मृत्युदण्डको समयमा हजारभन्दा बढी मानिसलाई भेला गर्ने आरोपीलाई झुन्ड्याइने र गोली हान्ने गरिएको अध्ययनले जनाएको छ।
कुनै समयमा आफ्नै आमा बुबाको मृत्युदण्ड छोराछोरीलाई समेत हेर्न बाध्य बनाइएको बताइएको छ । देश छाडेर भाग्न खोज्ने, देशविरुद्ध बोल्ने, सरकारको आलोचना गर्नेलाई उत्तर कोरियामा मृत्युदण्ड दिइन्छ ।
मृत्युदण्ड दिइसकेपछि त्यहाँका प्रहरीले यो ‘तिमीहरुलाई पनि हुनसक्ने’ भन्दै चेतावनी दिने गरेको अध्ययनमा उल्लेख गरिएको छ । त्रासका कारण त्यहाँका मानिसहरु स्वतन्त्र रुपमा बोल्न नपाएको बताइएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने