यातायात मन्त्रीको झण्डावाल गाडी स्याङ्जाको खोलामा झण्डै पल्टियो [तस्विरहरु]

यातायात मन्त्रीको झण्डावाल गाडी स्याङ्जाको खोलामा झण्डै पल्टियो [तस्विरहरु]

mantri

स्याङ्जा / भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा झण्डै पल्टियो । आज अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डावाल गाडी पल्टिन लागेको हो । शहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो । मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए । उनी निथ्रुकै भिजेका थिए ।

खोलामा डुबेको गाडीको इन्जिन नै सिन भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ । मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

गाडी पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए । गाडीमा मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता सवार रहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds