कर्णाली जाने कर्मचारीलाई मासिक १ लाख तलव प्रस्ताव !

कर्णाली जाने कर्मचारीलाई मासिक १ लाख तलव प्रस्ताव !

karnali

सत्तारूढ नेकपा सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई मासिक १ लाख रुपैयाँ तलब दिनुपर्ने प्रस्ताव गरेका छन् । आज सोमबार बसेको संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले कर्णालीमा कर्मचारी नबस्ने भएकाले पनि उनीहरुलाई त्यहाँ टिकाउन तलब बृद्धि गर्नु पर्ने बताएका हुन् । उनले कर्णाली प्रदेशमा कर्मचारी नबस्ने हुँदा उनीहरु टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख रुपैयाँ तलब दिन प्रस्ताव गरे ।

कर्णालीको राजश्व पाँच करोड पनि नरहेको भन्दै आफ्नै श्रोतमा धेरै कर्मचारी राख्न सक्ने अवस्था नरहेको बताए । सबै केन्द्र सरकारले दिएको बजेटले काम चलिरहेको भन्दै कर्णालीको विकासका लागि पनि कर्मचारीको सेवा सुविधा विस्तारको प्रस्ताव गरेका हुन् । हरेक मन्त्रालयका अफिस अनि अरु ८४ वटा अफिसमा दश दश कर्मचारी भर्ना गरेर कसरी काम गर्न सकिने भन्दै त्यसमा टेक्नोलोजीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

तलब बृद्धि गरेर कर्मचारी नपठाए उनीहरु त्यहाँ नबस्ने र दुई महिनामै फर्किने गरेको उनको भनाई छ ।उनले  भने “कर्मचारी संख्या थोरै गरेर बढी दिनुपर्‍यो। त्यसो भयो भने बस्छन र काम गर्छ।” उनले भने जति भर्ना गरेपनि स्थायी नियुक्त बुझेको केही दिनमै सुर्खेत आएर बस्ने गरेको उनको भनाई छ । लोकेसवा आयोगले केन्द्रबाट भर्ती गर्ने कर्मचारी स्थानीय तहमा नबस्ने समस्या रहेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds