राजविराज । प्रचण्ड गर्मीले हैरान राजविराज नगरबासी वर्षा सुरु हने बितिकै फेरी अर्को समस्यामा परेका छन् । सोमबार बिहान दुई घण्टा भएको वर्षाले मात्र राजविराजनगरको अधिकांश भाग जलमग्न बनेपछि गर्मीले राहत महशुस नगर्दै अर्को समस्याले नगरबासी पिरोलिएका हुन् ।
वर्षाका पानीले नगरका गजेन्द्र चौक, नेताचौक, सिरहा रोड, अदालत रोड, धर्मसाला रोडलगायतका क्षेत्र जलमग्न भएका हुन् । नगरको मुख्य बजार क्षेत्रमा समेत वर्षाको पानीले निकास नपाउँदा सर्बसाधारण समस्यामा परेको स्थानियको भनाइ छ ।
पानी निकासको स्थायी समाधान नखोज्दा प्रत्येक वर्ष वर्षायाममा सडकमै भेल हुने र आवागमनमा समस्याका साथै ठाउँ ठाउँमा फोहरको डगुंर र सडकको कालोपत्रे उप्केर खाल्डो खुल्डी हुने गरेको नगरबासीको भनाइ छ ।
यस्तै जथाभावी फालिएको फोहर सडकमा जमेका पानीमा मिसिएर दुर्गन्ध फैलिँदै जाने र विभिन्न रोगको संक्रमण फैलाउने सम्भावना समेत रहेको नागरिक सञ्जालका सप्तरीका अध्यक्ष सुखराम यादवको भनाइ छ ।
सडकमै पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु समेत समस्यामा पर्ने गरेको अभिभावक रामनारायण मेहताले सुनाए । ‘दुई घण्टाको वर्षाले यस्तो समस्या छ भने निरन्तरको वर्षाले के हाल होला ?’ प्रशनगर्दै उनले भने, ‘यसतर्फ बेलैमा सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।
यस्तै केही दिनयता चर्को घाम र तातो हावाले कष्टकर बन्दै गएको जनजीबन सोमबारको दुईघण्टे वर्षाले केहिबेर राहत महशुस गराउन नपाउँदै पुनः सुरु भएको चर्को घाम र गर्मीले जनजीवन थप कष्टकर बनाएको छ ।rajdhanidaily
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु