पोखरा । पोखरा महानगरपालिका भित्र रहेको एक खानेपानी कम्पनीले उत्पादन गरेको पानीको बोत्तल भित्र माकुरा भेटिएको छ । पोखराको लेखनाथबाट उत्पादन भएको सेभेन लेक्स कम्पनीको पानी किन्दा नखोलेको बोत्तल भित्र माकुरा भेटिएको हो ।
पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा रहेको लेखनाथ शुद्ध खानेपानी उद्योगले उत्पादन गरेको पानी पोखरा ४ को एक किनारा पसलबाट किन्दा त्यसमा माकुरा भेटिएको हो । पोखरा र लेखनाथमा सबैभन्दा बढी खपत हुने उक्त खानेपानीको सिल गरिएको बोत्तल भित्र माकुरा परेको र उपभोक्ताले कम्पनीसंग खानेपानीमा माकुरा परेको जानकारी गराउँदा कम्पनीका कर्मचारीले बेवास्ता गरेको उपभोक्ताको आरोप रहेको छ ।
उपभोक्ताले पानीमा माकुरा परेको छ भन्दा उल्टै जहाँ जे गर्ने हो गर , “मिडियामा गएर मलाई केही फरक पर्दैन” भन्दै कर्मचारीले भनेको गुनासो उपभोक्ताको रहेको छ । लेखनाथ खानेपानी उद्योगका सिलबन्दी गरेको पानीमा अखाद्य बस्तु फेला परेको यो पहिलो घटना भने होइन । यस भन्दा अगाडि पनि यस कम्पनीको सिलबन्दी पानीमा कहिले लेदो र कहिले फोहर भेटिएर उपभोक्ताले उजुरी गरेका थिए ।
पटक पटक समस्या आउदाँ पनि सो कम्पनीलाई हाल सम्म कसैले कारवाही गर्न सकेको छैन । यस बिषयमा उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले आफुहरुलाई जानकारी नआएको र जानकारी आएमा कारबाहीको दायरामा ल्याउने बताए ।
सेभेन लेक्सका संचालकसंग यो बिषयमा कुरा गर्दा उनले सामान्य रुपमा लिएका छन । शुरुवातमा उनले स्वीकार नगरेको र पछि मानवीय त्रुटि भएको बताए । यसरी पानी जस्तो अत्ति संवेदनशील वस्तुमा मानवीय त्रुटि भन्दै उम्कने हो भने भोलिको दिनमा यो माकुरा परेको पानी पिएर कसैको ज्यानमा खतरा आए के गर्ने रु प्रश्न जवाफ दिनै पर्ने खालको छ ।news24nepal.tv
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो