काठमाडौं । देशमा अझैँ विभेदले ठाउँ छोडेको देखिदैन । पहिला भन्दा कम भएपनि केही ठाउँमा भने विभेदका जरा गाडिरहेको पाइन्छ । यस्तै कागेश्वरी मनहरा–७, डाँछीमा पनि विभेद गरेको अभियोग लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।
डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीलाई खुकुरी प्रहार गरेका हुन्। धाराको पानी छोएको भन्दै नगरकोटीले विवाद थालेपछि राजकुमारले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उक्त घटनामा गम्भीर घाइते भएका नगरकोटीका उपचा जोरपाटीको नेपाल मेडिकल कलेजमा भइरहेको बताइएको छ ।
सार्कीले आफूले खुकुरी प्रहार गरेको प्रहरीलाई दिएको बयानको क्रममा स्वीकारेको जनाइएको छ । उक्त घटना शनिबार साँझ भएको प्रहरीले बताएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्कीलाई थप अनुसन्धानका लागि बौद्धमा जिम्मा लगाएको बताइएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम