भारतमा मोदी र ममताका कार्यकर्ताबीच गोली हानाहान, ४ जनाको मृत्यु

भारतमा मोदी र ममताका कार्यकर्ताबीच गोली हानाहान, ४ जनाको मृत्यु

india-violence

कोलकत्ता:  भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलबीच भएको गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीनजना सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ता रहेको बताइएको छ। अर्का एकजना भने तृणमूल कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ। हिंसामा १८ जना घाइते भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनको क्रममा पश्चिम बंगालमा गरेको प्रचारप्रसार देखि नै सत्तारुढ भाजपा र तृणमूल कांग्रेसका कार्यकर्ताबीच झडपका घटना भइरहेका थिए । भाजपाका नेता मुकुल रोयले त्रृणमूल कांग्रेसका कार्यकर्ताहरुले आफ्नो कार्यालयमा आक्रमण गरेकोमा त्यसको विरोध गर्न जाँदा गोली चलेको बताएका छन् ।

निर्वाचनका क्रममा मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबीच आरोप प्रत्यारोप भएको थियो। भाजपाले ममताले बंगालमा निरंकुश शासन चलाएको आरोप लगाउँदा ममताले भने मोदी सरकारले प्रदेश सरकारहरुमाथि राज गर्न कोसिस गरिरहेको आरोप लगाउँदै आएकी छिन् ।  प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds