पक्राउ परेका विप्लवका कार्यकर्तामाथि सार्वजनिक मुद्दाको तयारी

पक्राउ परेका विप्लवका कार्यकर्तामाथि सार्वजनिक मुद्दाको तयारी

biplop mahobadi

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा बिशेष बैठक बसेकै ठाउँबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्याकर्तालाई मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेकाहरु मध्य कतिपय बिरुद्ध विभिन्न घटनामा पहिल्यै उजुरी परेको बताउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले अनुसन्धान गरी सार्वजनिक मुद्धम दर्ता गर्ने बताएका हुन् ।

१८ जना पक्राउ गरेको बताउँदै  जिप्रका कास्कीले कतिपयलाई सार्वजनिक मुद्धा दर्ता गर्ने र केहिलाई साधारण तारेखमा छाड्न सक्ने जनाएको छ ।  तर, विप्लव नेतृत्वको नेकपा कास्कीका जिल्ला इन्चार्ज रूपेसले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला सेक्रटेरी २२ जनालाई पक्राउ गरिएको दावी गरेको छ ।

विप्लव नेतृत्वको नेकपा कास्कीले भने आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै पक्राउ परेकाहरू सबैलाई तत्काल विनाशर्त रिहा गर्न पनि माग गरेको छ ।

सम्बन्धित समाचार :-

http://gandaknews.com/biplop-karyakarta-pakrau/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds