बाँके : भारतीय गोर्खा सैनिक छनौटमा सहभागी युवाबाट रकम उठाउने पाँच जनालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेललेपक्राउ परेका पाँचजनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-७ का रामकाजी पाण्डे र अर्जुन पौडेल, कास्की पोखरा महानगरपालिका-१८ का सुजाता पाठक र शर्मिला अधिकारी तथा रुपन्देही तिलोत्तमा नगरपालिका-९ का निरबहादुर थापालाई नेपालगञ्जको होटल बाटिकाबाट पक्राउ गरिएको हो ।
उनीहरुले छनौटपछि लिखित परीक्षाको प्रश्नपत्र दिलाइदिने भन्दै रकम असुल गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । भर्ना हुन आएका दुई जना युवाले लिखित जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिबाट ३८ लाख १० हजार रुपिया नगद बरामद गरिएका कारण धेरैजना युवाबाट रकम असुल भएको हुन सक्ने डिएसपी सापकोटाले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले ठगिएका युवायुवती र अभिभावकलाई निवेदनसहित सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जमा असोज १६ देखि २१ गतेसम्म भारतीय गोर्खा सैनिकको प्रारम्भिक छनौट भएको थियो ।ujyaaloonline
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो