स्याङ्जामा दिदिसँग मन्दिर घुम्न गएकी मीनाको नदिले बगाएर ज्यान गयो

स्याङ्जामा दिदिसँग मन्दिर घुम्न गएकी मीनाको नदिले बगाएर ज्यान गयो

kali-gandaki-1140×570

पोखरा । स्याङजमा दिदिसँग मन्दिर घुम्न गएकी २५ बर्षीया मीना थापाको नदिले बगाउँदा ज्यान गएको छ । शनिबार कालिगण्डकी गाउँपालिका-२ भुरडाँडाकी मिनाको कालिगण्डकी नदिले बगाएर ज्यान गएको हो ।

गुठी मन्दिर घुम्न जाँदा नदीको किनारमा हातखुट्टा धुन खोज्दा नदिले बगाएकी उनको शव करिब १ किलोमिटर तल फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds